Connect with us
Advertisement

इराकमा कोरोना संक्रमितको संख्या ८ लाख, मृत्यु हुनेको संख्या १४ हजार

Published

on

विराटचोकः एशियाली देश इराकमा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । गत २४ घण्टामा त्यहाँ ४ हजार ४ सय ९४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख ३ हजार ४१ जना पुगेको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ७ लाख २३ हजार २ सय ८६ जना निको भएका छन् । ६५ हजार ६ सय ८९ जना निको भएका छन् । ४ सय ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

थप ३० जनाको मृत्युसँगै संक्रमाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६६ जना पुगेको छ । ८ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण हुने देशको संख्या २८ पुगेको छ ।

सम्बन्धित समाचारहरुः

इराकमा ७ लाख र जोर्डनमा ४ लाख पुगे कोरोना संक्रमित

इराकमा ६ लाख तथा लेबनानमा २ लाख पुगे कोरोना संक्रमित

इराकमा ६ लाख तथा लेबनानमा २ लाख पुगे कोरोना संक्रमित

इराक र बेल्जियममा ५ लाख पुगे कोरोना संक्रमित, १९ देशमा ५ लाखबढी संक्रमित

कोलम्बियामा ९ लाख, फ्रान्समा ७ लाख र इराकमा ४ लाख कोरोना संक्रमित

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ

Published

on

माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । माटो मा प्रयोग गरिने रासायनिक मलको प्रयोगले स्वास्थ्य र वातावरण मा बढ्दै गएको नकारात्मक असरलाई न्युनिकरण गर्दै अन्त्य गर्ने उदेश्य राखि रासायनिक मलको विकल्पमा अर्गानिक जैविक मलको प्रयोग गरि अर्गानिक उत्पादनका लागि जोड दिने उदेश्यले जैविक मलको उपयोगिता र महत्वबारे विज्ञद्वारा प्रशिक्षण दिएको आयोजक संस्थाका माटो बचाउ अभियान का अभियान्ता अनुरोध शाह ले बताए । कार्यक्रम मारुति हाईजिन नेपालका अध्यक्ष राजन निरौलाको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Continue Reading

Banner

‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ

Published

on

‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ?’ – केदार कार्की

Continue Reading

Banner

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका

Published

on

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका

सुन्दरहरैंचा
सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सुन्दरहरैचा नगरपालिकामा आइतबार सम्पन्न गरेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै सुन्दरहरैचालाई विपद्को समयमा बचाइ राख्न विशेष योजना अघि सारेको छ ।
१. बैठकबाट विपद् सहायता केन्द्र स्थापना गर्ने,
२. विपद्को अवस्था, पूर्व तयारी, विपद् सम्बन्धी विशेष सहजीकरण गर्न २४ सै घण्टा सेवा प्रवाह गर्न विपद् व्यवस्थापन सम्पर्क व्यक्तिको रुपमा वासुदेव अधिकारीलाई तोकेको छ ।
३. विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री व्यवस्थापन गनर्,े
४. विपद् पूर्व  तयारीका लागि खोला , खोल्सी, बाटाहरुमा अव्यवस्थित रहेका सामग्री हटाउने,
५. सुन्दरहरैचाभित्र रहेका संकटासन्न क्षेत्र ( विपद्को जोखिम क्षेत्र) पहिचान गरी सचेतनाका कार्यक्रम संचालन गर्ने
६.सुन्दरहरैचा वडा नं. ३ आगोलागीबाट क्षति भएको परिवार र वडा नं ४ हुरीबतासबाट क्षति भएको परिवारलाई कानूनमा व्यवस्था भए अनुसार आवश्यक सहयोग गर्ने ,
७. विपद्को समयमा उद्दार टिमलाई तयारी अवस्थामा राख्न भू.पू. सैनिक, प्रहरी र वर्तमान प्रहरी प्रशासनलाई विशेष प्राथमिकतामा राख्ने साथै  राहत सामग्री र पूर्नस्थापना गर्ने स्थानहरुको  पहिचान गर्ने निर्णय बैठकले गरेको छ । सुन्दरहरैचाले विपद्को पूर्व तयारी र विपद्को समयमा  सबै मिलेर सहयोग गर्न आग्रह गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक